जापानको फुकुसिमाको तामुरा सिटी र नेपाल ओलम्पिक कमिटीविच सम्झौता



१९ साउन २०७६, काठमाडौं

जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

नेपालका लागि जापानी राजदुत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीकातर्फबाट उपमेयर कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

२०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्रि–गेम्स ट्रेनिङ्ग क्याम्पसमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीन बर्षे सम्झौतामा नेपालका खेलाडीलाई एक्सपोजर दिनेदेखि उनीहरुको प्रशिक्षणमा सो शहरले सहयोग गर्ने छ ।बार्षिक करिब एक करोडको लागतमा खर्च गर्न सम्झौतामा उल्लखेछ । एथलेट सोसाइटी, जापानको गैर सरकारी संस्थाको सक्रियतामा खेलाडीको स्तरबृद्धिको कार्यक्रम संचालन हुने छन ।

शुक्रबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको एमओयु कार्यक्रमा तामुरा सिटीका उपमेयरको नेतृत्वमा पाँच सदस्यीय जापानीज टोलीको सहभागीता रहेको थियो । बिहिबार उनीहरु काठमाडौं आइपुगेका थिए । तीन दिन सम्म सो टोली नेपालमा बस्ने छ ।

सो अवसरमा एथ्लेट सोसाइटीकी युरिका नाकामुराले शनिवार एक इनडोर र आउटडोर स्पोर्टस वर्कशप गर्ने छिन् । नाकामुरा बेइजिङ ओलम्पिकमा सहभागी भएकी म्याराथन धाविका हुन ।

प्रतिक्रिया दिनुहोस्