अफगानिस्तानमा आत्माघाती हमला, ३५ को मृत्यु ७० घाइते



१९ साउन २०७५, काठमाडौं

अफगानिस्तानमा आत्माघाती हमला हुँदा ३५ जनाको मृत्यु भएको छ । पुर्वी शहर गार्डेजमा रहेको दुई छुट्टाछुट्टै हमलामा परि ७० जना घाइते भएका हुन् । मस्जिदमा प्रार्थनाको समयमा उक्त हमला भएको अधिकारीहरुले जनाएका छन् ।

प्रान्तिय स्वास्थ्य विभागका अनुसार कम्तिमा ३५ जनाको मृत्यु भएको र ७० जना घाइत भएका छन् । घटनाका केहि घाइतेहरुलाई उपचारका लागि सैनिक अस्पाताल लगिएको छ भने केहीको अवस्था गम्भिर रहेको छ ।

घटनापछि घटनास्थललाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रनमा लिएका छन् । साथै उक्त स्थानमा सुरक्षा कडा बनार्ईएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्