नेपाली चलचित्र ‘धुम ३’ को गीत सार्वजनिक (भिडियो सहित)



१९ साउन २०७५, काठमाडौं ।

यही आउँदो असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र “धूम ३” को तिम्रो हेराईले यो मनलाई सारै एक्साईटेड गरायो बोलको एउटा गीत सार्वजनिक भएको छ । नायक तथा निर्माता जयकिशन बस्नेतसँगै नायिका एलिना रायमाझी अभिनित उक्त भिडियो भर्खरै साईराम पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको शब्द दिनेश सुबेदीले लखेका हुन् भने टंक बुढाथोकीले संगीत गरेका छन् । संगीतकार बुढाथोकीको साथमा कामना प्रसाईं समेतको स्वर रहेको गीतको भिडियोमा शिब बि.क.को कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्