बलिउड नायक रणवीरको अंगालोमा आलिया



१९ साउन २०७५, काठमाडौं

पछिल्लो समय बलिउड नायक रणवीर कपुर फिल्म ‘सञ्जु’ का कारण निकै चर्चामा छन् । नायक सञ्जय दत्तको बायोपिक फिल्ममा उनले गरेको कामको चौतर्फी प्रशंसा भईरहेको छ ।

अहिले रणवीर फिल्म ‘ब्रम्हास्त्र’ को सुटिङका लागि बुल्गेरियामा छन् । हालैको दिनमा रणवीर कपुर नायिका आलिया भट्सँग प्रेममा रहेका छन् । यसैले होला उनले फिल्मको सेटबाट एउटा तस्बीर इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । जहाँ यि दुईले निकै रमाइलो गरिरहेका छन् ।

उक्त तस्वीरमा रणवीरको अँगालोमा आलिया निकै खुसी देखिएकी छिन् । रणवीर कपूरको फ्यान मेड पेज बाट बाहिरीएको उक्त पोष्टमा बताईए अनुसार यो फोटो आलियाको जन्मदिनमा लिईएको हो । आलियाले पनि बेला बेलामा रणवीरले खिचिदिएका तस्बीर क्रेडिट सहित इन्स्टामा पोष्ट गर्ने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्