
१८ साउन २०७५, काठमाडौं
तिलगंगा आँखा प्रतिष्ठान आँखा बैंकका प्रमुख शंख त्वायनाको उपस्थितिमा काठमाडौं पुरानो बानेश्वरमा आयोजित एक भेलाले ‘आँखा दान महादान’ भन्ने मूल नारालाई आत्मसात गर्दै आँखा दान कार्यक्रमको शुभारम्भ गरेको छ ।

अप्टिमिष्ट क्लब नेपालको संयोजन तथा सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंको भेलामा फास्टफुड एशोसिएसन काठमाडौं, नेवा सम्पर्क समूह भिरपानी पकरबास , सिद्धिपुर समाज, सद्भाव समुह, एक्टिभ ग्रुप, खानेपानी ट्यांकर व्यवसायी संघ ललितपुर लगायत संस्थाहरुको उपस्थिति रहेको थियो ।

आगामी भाद्र १६ गते सम्म करिब ५०० जना आँखा दान गर्ने दाताहरुको फाराम संकलन गरी एक बृहत कार्यक्रम आयोजना गरी तिलगंगा आँखा प्रतीष्ठानलाई बुझाउने निर्णय समेत सो भेलाले गरेको छ ।






