जोशी किन भए संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकार ?



१८ साउन २०७५, काठमाडौं

सर्वोच्च अदालतको प्रधानन्यायधीसमा सिफारिस कायममुकायम प्रधानन्यायधीस दीपकराज जोशी संसदीय सुनुवाईको विषेश समितिको बैठकबाट अस्वीकृत भएका छन् ।

कांग्रेसहरु बैठक बहिस्कार भन्दै बाहिरिएपछि जोशकिो नाममा एकै मत नपरि समितिको दुई तिहाई मतले जोशीको नाम अस्वीकार गरेको हो ।
बैठकपछि समिति सदस्य तथा नेकपाका सांसद योगेश भट्टराईले जोशीलाई अस्वीकार गर्नुको कारण ६ बुँदामा समेट्दै पत्रकारहरुलाई सुनाएका थिए ।

यस्ता छन् अस्वीकार हुनुका कारणहरु ६ बूँदामा–
१। प्रधानन्यायाधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने प्रश्नमा ठोस अवधारणा र कार्ययोजना प्रस्तुत गर्न नसकेको ।
२। लिखित उजुरी र सार्वजनिक रूपमै प्राप्त आचरण, इमान्दारिता र कार्यक्षमतासम्बन्धी प्रश्नमा सन्तोषजनक जवाफ दिन नसकेको ।
३। शैक्षिक प्रमाणपत्र सन्देहात्मक रहनुका साथै जन्ममिति पनि फरक–फरक रहेको देखिएको सम्बन्धमा यथेस्ट प्रमाण र सन्तोषजनक जवाफ दिन नसकेको ।
४। सार्वजनिक आचरण र कामकारवाही सम्बन्धमा पूर्वन्यायाधीश र न्यायाधीशहरूबाट नै लिखित रूपमा टिप्पणि गरेको पाइएको ।
५। सर्वोच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्याय प्रणालीलाई योगदान दिन सक्ने कुनै पनि काम गरेको दृष्टान्त पेश गर्न नसकेको ।
६। जोशी प्रधान्यायाधीश नियुक्त भएमा नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने विषयमा समितिका सदस्यहरू विश्वस्त हुन नसकेको ।

प्रतिक्रिया दिनुहोस्