संसदीय सुनुवाइ विशेष समिति बैठक स्थगित



१८ साउन २०७५, काठमाडौँ

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्