रामकहानीको ट्रेलर सार्वजनिक (भिडियो सहित)



१७ साउन २०७५, काठमाडौँ

नायिका पूजा शर्माले पहिलो पटक निमार्ण गरेको बहुप्रतिक्षित चलचित्र रामकहानीको ट्रेलर सार्वजनिक भएको छ । पहिलो पटक निर्मात्रीको रुपमा हात हालेकी पूजाद्धारा निर्मीत चलचित्र रामकहानीमा पूजा स्वयम् प्रमुख भूमिकामा रहेकी छिन् भने उनलाई नायक आकाश श्रेष्ठले साथ दिएका छन् ।

केहि महिनाअघि मात्र सार्वजनिक गरिएको तिम्रो लागि म छु बोलको गीतले दर्शक तानिरहेको बेलामा सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले मन पराउने कुरामा चलचित्र टिम पूर्ण आशातीत रहेको छ । यस अगाडी ’मेरो एउटा साथी छ’, ’प्रेमगीत’, ’म यस्तो गीत गाउँछु जस्ता सुपरहिट चलचित्र निमार्ण गरिसकेका सुदर्शन थापा आप्mनो यो चलचित्रलाई पनि दर्शकले रुचाउने कुरामा ढुक्क रहेको बताउँछन् ।

चलचित्रमा पूजा र आकाशका साथ केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा को पनि अभिनय देख्न सकिन्छ । चलचित्र आउँदो भदौ २२ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्