प्रियंकाको विवाह हुने कुराले शाहरुखलाई तनाव



१७ साउन २०७५, काठमाडौँ

चर्चित बलिउड अभिनेता शाहरुख खान र प्रियंका चोपडाको लभ अफेयरको कारणले कुनै समयमा बलिउडमा निकै तहल्का मच्चाएको थियो । तर यो जोडिको प्रेम सम्बन्ध लामो समय भने टिक्न सकेन । तर अहिले प्रियंका आफूभन्दा ११ बर्ष कान्छा आफ्ना अमेरिकि बोइफ्रेन्डको प्रेममा मस्त रमाइरहेकी छिन् । त्यतिमात्र नभएर उनीहरुले इन्गेजमेन्ट पनि गरिसके र अब विवाहको तयारीमा रहेका छन् ।

रमाइलो कुरा त के छ भने हालै मात्र एक अन्तरवार्तामा शाहरुखलाई प्रियंकाको विवाहको विषयमा सोधिएको थियो । तर उनले सुरुमा केहि जवाफ दिन सकेनन् । त्यसपछि उनले एकछिन सोचविचार गरेर अचम्मको जवाफ दिए । उनले भने म पनि विवाहको तयारीमा छु । उनको यस्तो जवाफले अहिले पुरै बलिउडलाई तताएको छ । आखिर श्रीमती, छोराछोरी भएका शाहरुखले किन यस्तो जवाफ दिए यो अहिले सबैको चासोको विषय बनेको छ ।

शाहरुखको यस्तो जवाफबाट उनी प्रियंकाको विवाहलाई लिएर खुसी छैनन् भन्नु अनुचित नहोला ।

प्रतिक्रिया दिनुहोस्