
भारतको हरियाणामा २५ जुलाईमा एक गर्भवती बाख्राको सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारमा परी उक्त बाख्राको भोलिपल्ट मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो ।
कस्ता मानिसले गर्छन त पशुसँग यौन सम्पर्क :
ह्युमन एनिमल रोल प्लेयर्स
जसले जनावरका साथ कहिल्यै सेक्स गरेनन् तर सेक्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।
रोमान्टिक पशुप्रेमी
यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको सेक्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर सेक्स गर्दैनन् ।
असामान्य कल्पनाशील
यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग सेक्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।
पशुसँग कामवासना
यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् ।
अतिउत्साही
यी पशुहरुको हरेक अंगलाई हेर्दछन् । धेरैपटक यिनीहरु कामुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौन गतिविधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।
क्रुर कामुकता
यिनीहरुले पशुहरुलाई बलात्कार गर्दछन् र पीडा पनि दिन्छन् ।
मौका परस्त
यिनीहरु यौन सम्बन्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।
नियमित पशुप्रेमी
यस्ता व्यक्ति पशुहरुसँग यौन सम्पर्क गर्न बढी रमाइलो मान्दछन् ।
हिंस्रक
यिनीहरु सेक्सको बेला पशुहरुलाई पनि मार्दिन्छन् । यहाँसम्म कि मरिसकेपछि पनि उनीहरुले सेक्स गरिरहन्छन् ।
एक्सक्लुसिभ पशुप्रेमी
यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र सेक्स गर्छन् ।
यसको उपचार
डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करेन्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्यो भने पीडाको महसुस होस् र उ आफै टाढा रहोस् ।
यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् । डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।





