“बुढानीलकण्ठ : एक परिचय” पुस्तकको लोकार्पण हुँदै



१७ साउन २०७५, काठमाडौं

हिन्दुहरुको पवित्र धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरको विविध पक्षलाई समेटेर बुढानीलकण्ठ क्षेत्र विकास समितिले बुढानीलकण्ठ : एक परिचय पुस्तकको लोकार्पण गर्दैछ ।

नेपाल सरकारका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको  विशेष आतिथ्यतामा पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठमा यहि साउन १९ गते शनिवार पुस्तकको लोकार्पण हुदैछ ।

बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाका अनुसार पुस्तकले मन्दिरको विविध पक्षबारे जानकारी दिनेछ । कार्यक्रममा बुढानीलकण्ठ क्षेत्र विकास समितिलाई सहयोग गर्ने समाजसेवीहरुलाई सम्मान तथा प्रशंसा–पत्र वितरण र ‘समृद्ध बुढानीलकण्ठमा हाम्रो भूमिका’ विषयक अन्तरक्रिया समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्