
१४ साउन २०७५, काठमाडौं
एसियाडको तयारीका लागि बन्दसत्रमा रहेका राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ ।
अनुशासन विपरीत डिस्को गएर मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा बिमल घर्तीमगर सहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण लिएको छ । बिमलसहित बिशाल राई, अञ्जन बिष्ट, छिरिङ गुरुङ र हेमन्त थापा मगर गत शनिवार डिस्को गई मदिरा सेवन गरेको भन्दै अनुशासनको कारवाही स्वरुप स्पष्टिकरण सोधिएको हो ।
सोमबार बसेको एन्फाको अनुशासन कमिटिको बैठकले स्पष्टिकरण सोध्ने निर्णय भएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।





