छविका बाहेक अरु चलचित्रमा फापिनन् शिल्पा



१७ साउन २०७५, काठमाडौँ

मोडलिङमा अत्याधिक सफलता पाएपछि चलचित्र लज्जाबाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोखरेल परिचित नायिका हुन् । नायिका शिल्पा पोखरेलले ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ हुँदै ‘मंगलम’ जस्ता चलचित्र छविराज ओझाको प्रोडक्शनसँग गरेकी छिन् र ती चलचित्रले बक्सअफिसमा पनि राम्रै सफलता हासिल गरेका छन् ।  तर उनलाई बाहिरी प्रोडक्शनको चलचित्र नफाप्ने आरोप लाग्ने गरेको छ ।

शिल्पाले पछिल्लो समयमा ‘फागु’, ‘बृन्दावन’, ‘वीराङ्गना’, ‘हामी शरणार्थी’ लगायतका चलचित्रमा काम त गरिन् तर विडम्बना ती चलचित्रले बक्सअफिसमा सफलता हासिल गर्न सकेनन् । छविले बनाएका चलचित्र मात्र उनलाई फाप्ने भन्दै धेरैले उनको आलोचना गर्ने गर्छन् । त्यतिमात्र नभएर उनलाई बाहिरी ब्यानरका फिल्म छविराजको सिफारिसमा मिलिरहेको समेत सिनेवृतमा चर्चा छ । यसमा कति सत्यता छ ? त्यो त उनी नै जान्दछिन् ।

यसरी छविका बाहेक अरु चलचित्रमा शिल्पा नचल्नु र उनीप्रति अरु निर्माताले चासो नदेखाउनुका कारण पनि शिल्पालाई अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न र दर्शकको माया पाउन निकै गाह्रो भैईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्