ठोस रणनीति तथा योजनासहित कार्य सम्पादन गर्न गभर्नर भेटवालको निर्देशन



१७ साउन २०७५,काठमाडौं

ठोस रणनीति तथा योजनासहित कार्य सम्पादन गरेमा क्लबहरु सफल हुने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवालले बताए  ।

राजधानीमा डिस्ट्रिक्ट गभर्नर फस्ट एडभाइजरी कमिटी मिटिङलाई सम्बोधन गर्दे गभर्नर भेटवालले ठोस रणनीति तथा योजना सहित कार्य सम्पादन गर्न क्लबहरुलाई निर्देशन पनि दिए ।

क्लबमा सदस्यहरु थप्नु भन्दा पनि भएका सदस्यहरुलाई टिकाई राख्नु मुख्य चुनौती भएको गभर्नर भेटवालको भनाइ थियो । उक्त कार्यक्रममा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ, पूर्व गभर्नर कुमारराज सुवेदी लगायतका वक्ताहरुले क्लबहरुलाई गतिशील रहिरहन आवश्यक निर्देशन समेत दिए ।

जोन चेयरपर्सन दीपक चापागाईको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं जोरपाटी लगायतका क्लबका प्रतिनिधिहरुले यस वर्ष गरिने कार्यक्रमहरुका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सञ्चार माध्यमहरु मार्फत् लायन्स क्लबका गतिविधिहरु उजागर गर्ने संचारकर्मीहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्