दुई ठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध



१७ साउन २०७५, काठमाडौं

दुई ठाउँमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज विहान ४ बजेतिर घुमाउने र जलबिरेमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवानले जनाएको छ।

प्रहरीका अनुसार ठुला ठुला ढुंगासहितको पहिरो भरतपुर महानगरपालिका स्थित २९ नम्बर वडामा रहेको घुमाउनेमा खस्ने क्रम जारी रहेकोले सडक पन्साउन अझै केहि समय लाग्ने बताएको छ।

त्यसैगरी इच्छाकामना गाउँपालिका स्थित ६ नम्बर वडामा रहेको जलाबिरेमा गहेको पहिरोको कारण एकतर्फी मात्र सवारी संचालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्