
१७ साउन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा विना दर्ता संचालन भईरहेका मदिराजन्य पसलहरुलाई बैधानिक दायरामा ल्याउन ७ दिनभित्र सवै व्यवसाय वडा कार्यालयमा दर्ता गर्नुपर्ने सूचना जारी गरिएको छ ।
आज विहान कपन निलो माइक्रो पार्कबाट शुरु भएको सचेतना अभियानमा वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, कपन प्रहरी प्रमुख मिन बहादुर कुँवर लगायत वडा सदस्य तथा समाज सेवीहरु पसलपसल गएर तत्काल व्यवसाय दर्ता गर्न अनुरोध गरेका थिए ।
शान्ति सुरक्षामा असर परेपछि वडाध्यक्ष भट्टराईले वडा भित्रका टोल सुधार समितिहरु, स्थानीय प्रहरी, जननिर्वाचित प्रतिनिधि, व्यवसायिक प्रतिनिधि समेतको सहभागितामा साउन १५ गते वडा कार्यालयमा बसेको संयुक्त बैठकको निर्णयानुसार यो अभियान संचालन गरिएको बताईएको छ ।






