नेपाल निजामती कर्मचारी संगठनको विचार गोष्ठी सम्पन्न



१६ साउन २०७५, काठमाडौँ

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समिति काठमाडौँद्वारा आयोजित विचार–गोष्ठी कार्यक्रम बानेश्वर काठमाडौँमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष प्रचण्डले, ‘हाम्रा अगाडी भएका बेथिति र चुनौतीको सामना गर्न नसक्दा पाएका उपलब्धिहरु मासिन सक्ने हुनाले एकता मजबुत बनाउनुपर्ने बताए ।

अध्यक्ष प्रचण्ड भन्छन्, कम्युनिष्ट एकतालाई बलियो बनाउन सकेमा मात्र नेपाल र नेपालीले देखेको सपना पुरा गर्न सकिन्छ ।

युथका हक अधिकारलाई कटौती गर्ने काम गर्नु नहुने भन्दै त्यसलाई व्यवस्थापन गर्ने र कही कतै भएका कमी कमजोरीहरु सुधार्नुपर्ने उनको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि मन्त्री पण्डितले ट्रेड युनियन र राजनीतिमा आवद्ध नभएको भए आज मन्त्री हुन नसक्ने बताए ।

अध्यक्ष देवकोटाले समृद्ध नेपालको निम्ति आम कर्मचारीहरु संगठन सेवा प्रवाहमा मात्र नभएर भ्रष्टाचार नियन्त्रण र न्युनिकारणको निम्ती लाग्नुपर्ने बताए ।

अहिलेको संघीय निजामती सेवा ऐनमा भएको ट्रेड युनियन अधिकारलाई खुम्च्याईएको, आधिकारीक ट्रेड युनियनको कुरा नलेखिएको माग सच्याउनुपर्नेमा अध्यक्ष देवकोटाले जोड रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्