
१६ साउन २०७५, काठमाडौं
नेपाली सेनाले अब सैनिक मुख्यालय परिसरभित्र रहेको आर्मी अफिसर्स क्लबमा सर्वासाधारणको निम्ति कुनैपनि भोज अर्थात पार्टी गर्न नदिने भएको छ।
सर्वसाधारणले समेत भोज गर्दै आएको उक्त ठाउँमा अब सर्वसाधारणको लागि प्रतिवन्ध लगाउने तयारी नेपाली सेनाले गरेको छ। तर यसको निर्णय हुन भने बाँकी छ।
आफ्नै कार्यक्रमहरु धेरै भएको हुनाले अब सर्वसाधारणको निम्ति भोज गर्न नदिने निष्कर्षमा पुगेको नेपाली सेनाले बताएको छ। आर्मी अफिसर्स क्लबभित्र एनेक्स ए र बि गरी २ वटा स्थल रहेको मध्धे एनेक्स बि मा सर्वसाधारणको लागि भाडामा भोज गर्न दिईने गरिन्थ्यो। त्यसैगरी एनेक्स ए भने सेना आफैले प्रयोग गर्दै आइरहेको थियो।
भोज स्थलमा प्रतिवन्ध लगाउने भएको सेनाले उक्त आर्मी अफिसर्स क्लबभित्रै रहेको सभाहलको बारेमा भने केही बोलेको छैन।





