
१६ साउन २०७५, काठमाडौँ
मिश्रको राजधानी काइरोमा चिडिया घरका कर्मचारीले पर्यटकको संख्या बढाउनका निम्ति गधालाई पेन्ट गरी जेब्रा बनाएको फोटो सामाजिक संजालमा पोष्ट भएपछि निकै भाईरल भईरहेको छ ।
काइरोमा बस्ने महमूद ए सराहनीले गत हप्ता इन्टरनेशनल गार्डेन पार्क घुम्ने क्रममा कालो सेतो धर्षा भएको जनावर देखे जसलाई सवैले जेब्रा ठानेका थिए । जनावरको ठूलो कान र व्यवहार देखेपछि उनलाई शंका लाग्यो ।

उनले फोटो फेसबुकमा राखे लगत्तै पशुका विभिन्न डाक्टरले समेत उक्त चिडिया घरको भ्रमण गरी त्यो जनावर गधा नै भएको पुष्टि गरेका थिए । तर पार्कका निर्देशक मोहम्मद सुल्तान भने गल्ती मान्नका लागि तयार छैनन ।
केही वर्ष पहिले मिश्रको एक चिडियाघरमा दुईवटा गधालाई यसैगरी जेब्रा बनाइएको थियो ।





