दर्शकको गाली र आलोचनाले नै करिअरसँगै जीवन बदलियो : नायिका पूजा शर्मा



१६ साउन २०७५, काठमाडौँ

नायिका पूजा शर्मा नेपाली चलचित्र क्षेत्रकी परिचित नायिका हुन् । निर्देशक सुदर्शन थापासँग भेट भएपछि पूजाले लगालग चलचित्र खेलिन् । तर, उनलाई नायिकाको रुपमा न त दर्शकले नै स्विकार गरे न त मिडियाले नै । चलचित्र ‘मधुमास, अझै पनि, चंखे शंखे पंखे’ मा काम गर्दा पनि पूजा नायिकाको रुपमा चिनिन सकिनन् ।

यस्ती पनि नायिका हुन्छन् ? भनेर उनलाई धेरैले गाली गरेका थिए । त्यतिबेला पूजाले मिडिया र दर्शकबाट धेरै आलोचना खेपिन् । उनी भन्छिन्, ‘असफलता र गाली मेरो जीवनमा एकैपटक आएका थिए । तर, अहिले दर्शकको माया पाउँदा निकै खुसी छु’ ।

चलचित्र ‘प्रेमगीत’ उनको करिअरका लागि निकै महत्वपूर्ण चलचित्र साबित हुन पुग्यो । किनकी यो चलचित्रको सफलता सगँसगैँ पूजाको करिअर र जीवन दुबै बदलियो । यसपछि त उनी आफै चलचित्र निर्माणमा समेत होमिएकी छिन् । भदौ २२ गते उनले निर्माण गरेको दोश्रो चलचित्र ‘रामकहानी’ रिलिज हुँदैछ ।

पूजा भन्छिन् ‘मेरा लागि मेरा दर्शक नै सबथोक हुन् । दर्शकको मायाले नै म आज यो स्थानमा छु । उहाँहरुलाई निराश कहिल्यै बनाउँदिन ।

प्रतिक्रिया दिनुहोस्