८ बर्षपछि ऐश्वर्या र अभिषेक एकसाथ चलचित्रमा देखिदैं



१६ साउन २०७५, काठमाडौँ

ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका सुपरहिट जोडी हुन् । उनीहरुलाई लिएर धेरै निर्माता निर्देशक चलचित्र बनाउन चाहन्छन् । पछिल्लो समयमा  आठ वर्ष अगाडी उनीहरुले फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । मणि रत्नम निर्देशित यो फिल्म फ्लप भएको थियो । त्यसयता उनीहरुले एकसाथ कुनै चलचित्रमा काम गरेका छैनन् ।

तर ऐश्वर्या र अभिषेकका प्mयानहरुका लागि एउटा खुशीको खबर छ । अब चाँडै उनीहरुलाई एउटै चलचित्रमा देख्न सकिने भएको छ । फिल्म ‘गुलाब जामुन’ मा आफूहरुले एकसाथ काम गर्न लागेको ऐश्वर्याले एक अन्तरवार्तामा पुष्टि गरिन् ।

‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’ उनले भनिन् ।

ऐश्वर्याका अनुसार उनीहरुलाई यो फिल्मको अफर डेढ वर्ष अगाडि नै आएको थियो । तर, दुवैजना आआफ्नो प्रोजेक्टमा बिजी भएकाले स्वीकार्न सकेका थिएनन् । यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्द्रित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्