युएईमा अवैध रुपमा बसेका नागरिकलाई आममाफीको समय, नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन राजदुतको आग्रह



१६ साउन २०७५, काठमाडौं

युएई सरकारले अवैधानिक रुपमा आफ्नो देशमा बस्दै आएका विदेशी नागरिकहरुलाई अगस्ट १ (बुधबार) बाट आम माफीको समय दिएको छ ।

गैर कानुनी रुपबाट युएईमा बस्दै आएका अरु देशका नागरिक लगाएत नेपालीहरुलाई पनि आज अगस्ट १ बाट अक्टोबर ३१ सम्ममा बिनाजरिवाना र बिनासजाय आफ्नो देश फर्कन सक्ने युएई सरकारले जनाएको छ ।

नेपाली दुताबासले पनि युएईमा गैर कानुनी रुपमा रहेका नेपाली नागरिकहरुलाई सक्दो यो समयको उपयोग गर्दै आममाफीमा सहभागी बन्न सुझाब दिएका छन् ।

साथै उनले त्यसरि बस्दै आएका नेपाली नागरिकलाई चाँडो भन्दा चाँडो आफ्नो सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्