‘मेरी मामु’ को ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ अफर



१५ साउन २०७५, काठमाडौँ

’प्रेमगीत’ सिरिज निर्माण कम्पनी आसुसेन फिल्मसले आफनो चौँथो फिल्म ‘मेरी मामु’ को प्रचारलाई अघि बढाउने क्रममा ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शिर्षकमा एउटा प्रतियोगिता आयोजना गरेकोे छ ।

‘मेरी मामु’ निर्माण कम्पनीका अनुसार, प्रतियोगीतामा भाग लिनका लागि तोकिएको फरम्याटमा आफ्नो आमाको बारेमा लेख्नुपर्नेछ ।

सन्तोष सेनका अनुसार सो फर्म अनुसार प्रतियोगीहरुले आफ्नो आमाको बारेमा मनछुने कुराहरु लेख्नु पर्नेछ । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई लेखेर स्कूलमा राखिएको संकलन बक्स अथवा सिधै आसुसेन फिल्मसलाई पठाउनुपर्नेछ ।

प्रतियोगीतामा सहभागी मध्येबाट उत्कृष्ट ५ जनाको नाम फिल्मका मुख्य कलाकार आयुब सेनले ‘मेरी मामु’ र आशुसेन फिल्मसको फेसबुक पेजबाट घोषणा गर्नेछन् । प्रतियोगीतामा कक्षा १ देखि १० कक्षासम्मका विधार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् ।

यम थापा निर्देशित यो फिल्ममा ६ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरी लगायतका कलाकाहरुको अभिनय छ । भाद्र १५ गतेलाई फिल्मकोे प्रदर्शन मिति घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्