चलचित्रका लागि ५ लाख डिमाण्ड गर्छिन् आँचल



१५ साउन २०७५, काठमाडौँ

नायिका आचँल शर्मा निकै राम्री र चर्चित नायिका हुन् । तर म्यूजिक भिडियोमा आँचलको जुन खालको क्रेज छ, त्यो चलचित्रमा बन्न सकेको छैन । उनले चलचित्रका लागि अझै पनि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

म्यूजिक भिडियोमा समेत महंगो पारिश्रमिक लिएर काम गर्दै आएकी आँचलले चलचित्रमा पनि महंगो पारिश्रमिक डिमाण्ड गर्न थालेकी छिन् ।

भर्खरै मात्र छायांकनमा जान लागेको एक चलचित्रका लागि नायिका आँचल शर्मालाई अफर गरिएको थियो । तर, उनले ५ लाख डिमाण्ड गरिदिइन् । निर्माणपक्ष र आँचलविच कुरा हुँदै जाँदा उनी साढे ३ लाख भन्दा तल झरिनन् । तर निमार्ण पक्षले आचँलको उक्त डिमाण्ड पुरा गर्न नसक्ने बताएपछि यो चलचित्रमा अर्की नायिका राखिएको छ ।

आँचलको यो डिमाण्ड पुरा गर्न के अन्य निर्माता तयार होलान् त ? चलचित्र ‘ब्ल्याक’को रिलिजपछि आँचलको यो डिमाण्ड तलमाथि हुन्छ या हुदैँन, यो भने हेर्न बाकी छ ।

प्रतिक्रिया दिनुहोस्