छक्का पञ्जा ३ को पहिलो गीत सार्वजनिक



१४ साउन २०७५, काठमाडौँ

बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को पहिलो नम्बरमा बोलको पहिलो गीत सार्वजनिक भएको छ । यो भन्दा अगाडीका छक्का पञ्जाका सबै सिरिजहरु निकै सफल भएको भियो । त्यसैले पनि छक्का पञ्जा ३ लाई दर्शकले मन पराउने कुरामा चलचित्र टिम पूर्ण आशावादी रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ ।

मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्धि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्वय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्