मेरी मामुको पहिलो गीत सार्वजनिक (भिडियो सहित)



१४ साउन २०७५, काठमाडौँ

आशुसेन फिल्मस्मा निर्माण भएको चलचित्र मेरी मामु को पहिलो आमा बोलको गीत सार्वजनिक भएको छ । यसै चलचित्रका निर्देशक सन्तोष सेनका छोरा आयुव सेन चलचित्रमा  मुख्य भूमिकामा रहेका छन् भने सार्वजनिक गीतमा पनि उनैलाई फिचरिङमा राखिएको छ । उक्त गीतले आमाप्रतिको प्रेमभाव बोलेको छ ।

यसअघि निकै सफल चलचित्र प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निर्माण गरेका सन्तोषको मेरी मामु आउँदो भदौ १५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्