
१४ साउन २०७५, स्याङ्जा
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा कर्मचारीहरु समयमा भेटिदैनन् । कर्मचारीहरु सबै आ–आफ्नै धुनमा हुने गर्छन् ।
धेरै कर्मचारीहरु र जनप्रतिनिधिहरु अफिस समयमा भेटिन मुस्किल पर्छन । कर्मचारी र जनप्रतिनिधिले ढिलो हुनुका कारण बताइरहँदा सेवाग्राही भने कर तिर्न लाइनमा बस्न बाध्य
थिए ।
ढिलो हुनुको स्पष्टीकरण दिईरहँदा एक जना कर्मचारीले आफ्नो भंैसी ब्याएको कारण अफिस आउन ढिलो भएको बताएका छन् ।





