प्रियंकाले खोपिन् ‘आयांक’ नामको ट्याटु



१४ साउन २०७५, काठमाडौँ

चर्चित नायिका प्रियंका कार्की विभिन्न कारणले गर्दा मिडियामा धेरै आउने गर्छिन् । अहिले पनि प्रियंका आफूले गर्धनमा बनाएको ‘आयांक’ नामको ट्याटुका कारण खुब चर्चामा आईरहेकी छिन् ।

इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांक’ राखेका छन् ।

प्रियंकाले आफ्नो गर्धनमा यही नाममा ट्याटु खोपेकी छिन् । उनले सधैभरीको माया भन्दै ट्याटु खोपेको तस्वीर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ को एउटा हट गीत सार्वजनिक भएपछि उनी विवादमा तानिइन् । यसले आयुष्मान र प्रियंकाको सम्वन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहँदा के प्रियंका आयुष्मानसँगको सम्बन्ध अझै प्रगाढ छ भनेर साबित गर्न खोजिरहेकी हुन् त ?

यो कुरा अहिले सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्