बिचमै सुटिङ छाडेपछि प्रियंकासँग रिसाए सलमान



१३ साउन २०७५, एजेन्सी

अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ को शुटिङ सुरु गरेको दुई दिनमै फिल्मबाट हात झिकेपछि मुख्य अभिनेता सलमान खान रिसाएका छन् । विभिन्न संचारमाध्यमहरुमा सलमानले भनेका छन्, प्रियंकाले धोका दिएका कारण आगामी दिनहरुमा उनीसँग काम नगर्ने निधो गरेको छु ।

बलिउड नायक सलमानले निर्देशक अलि अब्बास जाफरसँग मिलेर ‘भारत’ निर्माण गर्न लागेका हुन् । प्रियंकाले बीचमै फिल्म छोडेपछि हिरोइनमा अब प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने उनको तयारी रहेको छ ।

नायिका प्रियंकाले भने फिल्ममा आफ्नो भुमिका साँघुरिएको कारण फिल्म छाडेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्