भिटोफ नेपालको आगामी कार्यकालका लागि ध्रुव सिंखडा समुहको घोषणा



१३ साउन २०७५, काठमाडौं

नेपालको ग्रामीण पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अग्रिणी संस्था गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी ध्रुव सिंखडाको नेतृत्वले आफ्नो समुह र घोषणापत्र सार्वजनिक गरेको छ ।

सिंखडा समुहमा भिटोफ नेपालका निम्न पदाधिकारी तथा सदस्यहरु रहेका छन् :
अध्यक्ष :
ध्रुव सिंखडा
प्रथम उपाध्यक्ष : कृष्ण बहादुर सुवेदी (कुस)
द्वितीय उपाध्यक्ष : तारालाल धरेल
महासचिव : जस्फा पाण्डे
सचिव : नवराज थापा
कोषाध्यक्ष : कुलप्रसाद केसी (केपी)
सहकोषाध्यक्ष : उमेश दनै

सदस्यहरु
केदारमणि खनाल
राममणि रिजाल
शान्तकुरमा वानियाँ
सन्तोष थापामगर

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सार्थक बनाउन ग्रामिण पर्यटनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले घरबास पर्यटनमा स्थानीय परिकार, कला र संस्कृतिलाई महत्व दिदै जैविक उत्पादनप्रति उत्प्रेरणा जगाउने उल्लेख गरेका छन् । ग्रामिण पर्यटनलाई जैविक कृषि पर्यटनको रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिंखडा समूहको दावी रहेको छ ।

नेपाल पर्यटन बोर्ड लगायत अन्य पर्यटन सरोकारवाला निकायहरुसँगको सहकार्यमा प्रत्येक वर्ष निजामति र व्यवसायीक प्रतिष्ठानका कर्मचारीहरुलाई ‘‘आन्तरिक पर्यटन विकास विदा” दिलाउन सरकारसँग पहल गर्ने उक्त समूहको योजना छ ।

सिंखडा समुहको घोषणापत्र सार्वजनिक कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी,सिताराम सापकोटा,नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामा, निट नेपालका अध्यक्ष दिपक महत,टानका पूर्व महासचिव सागर पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्