मृगौला तस्करीको मुख्य केन्द्रको रुपमा चितवन



१३ साउन २०७५, चितवन

मृगौला तस्करीको मुख्य केन्द्रको रुपमा चितवनलाई नै मुखय केन्द्र मानिएकाे छ । मेडिकल सिटीको रुपमा विकसित चितवनबाट दिल्ली पुर्याएर मृगौला बिक्री गर्ने गरेको पुष्टि भएसगैँ तस्करीको मुख्य केन्द्रको रुपमा चितवनलाई नै यसकाे मुख्य रुप लिइरहेको हो।

हाल यस चर्चित मृगौला तस्करकाे नाम अमितलाई चितवनबाट नै पक्राउ गरेको थियो। लामो समयपछि मृगौला बिक्री गर्न लागिपरेका गिरोहका पाँच जनालाई चितवन प्रहरीको गोप्य एक टोलीले पक्राउ गर्न सफल भएको छ । तर पटकपटक जिल्लामा स्वास्थ्य सम्बन्धी विभिन्न अपराधिक घट्ना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो ।
अन्ततः सोही टिमले चितवनबाट मिगौला तस्करी हुने गरेको फेला पारेको छ ।

प्रहरीले मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएपछि यस क्षेत्र बाट मृगौलाको तस्करी हुने गरेको पाइएको चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले बताए ।

पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४१ का हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने वर्ष ३५ का बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ बस्ने वर्ष २८ को प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६ बस्ने वर्ष ३४ का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २८ का विशाल नेपाली रहेका छन् ।

मिर्गौला समूहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई यही साउन १ गते चितवनबाटै , दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाण्डौंबाट र बिशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिविको गलत फाइदा उठाई उनीहरुलाई प्रलोभनमा पारेर यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।

पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १/१ वटा मिर्गौला बिक्री गरेको एसपी राठौर बताए ।

सोझा सिधा तथा निमुखा सर्वसाधारणहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मृर्गौला तस्कर गर्ने गरेको खुल्न आएको छ, उनले भने हामीले यस बिषयमा थप अनुसन्धान गरिरहेका छौं ।

मृगौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत र एक जनाको मृगौला बिक्री गराए वापत ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ

संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भइरहेको र पक्राउ परेकाहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्