“कायरा”को प्रचार भन्दै आर्यन र साम्राज्ञी पोखरामा



१३ साउन २०७५, काठमाडौं

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह शनिबार फिल्म “कायरा” को प्रचारको निम्ति पोखरा पुगेका छन्। पोखरामा आर्यन र साम्राज्ञीले त्यहा भएको बाईक र्यालीमा समेत सहभागी भएका थिए।

पोखरामा आयोजित प्रेसमिटमा कायराका निर्माता समेत रहेका नायक आर्यनले फिल्म लाभस्टोरीमा आधारित भएको हुँदा दर्शकहरुले भरपुर मनोरंजन पाउने प्रतिक्रिया दिए। त्यसैगरी पहिलोपल्ट आर्यनसँग फिल्ममा खेलेकी साम्राज्ञीले कायराको कथा सुन्दा नै आफ्नो आसु झरेको हुँदा दर्शकले मन पराइदिनेमा आफु ढुक्क रहेको बताइन।

लक्ष्मण रिजालको कथा र निर्देशन रहेको फिल्ममा रिजाल र सिक्देलको निर्माण रहेको छ। फिल्ममा आर्यन र साम्राज्ञीको अलवा शिशिर राणा, हितेश शर्मा र मनिषा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनाया देख्न सकिन्छ । कायरा यहि साउन १८ देखि प्रदर्शनमा आउदैछ।

प्रतिक्रिया दिनुहोस्