चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा ११ वटा बाघ मरेका पुष्टि



१३ साउन २०७५, चितवन

चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका पाईएकाे छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्षमा २०७२/७३ मा एउटा, २०७३/७४ मा १ र २०७४/ ७५ मा ४ बाघ रहेका छन्।

जुधेर मरेका भएता पनि कसरी मरेका थिए भनेर यकिन भने अहिलेसम्म गरिएको छैन । उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए । त्यसैगरी दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन ।

उनले भने, पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेता पनि तिनको झनै वृद्धि भएकाे अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफलको कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ रहेकाे छ ।

विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालकाे भनाई रहेकाे छ । अाज बाघ दिवसको अबसरमा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न तरिकाले मनाइदैछ।

प्रतिक्रिया दिनुहोस्