लेदोको कारण अबरुद्ध विपी राजमार्ग ४ घण्टापछि एकतर्फी रुपमा खुल्ला



१३ साउन २०७५, काठमाडौं

लेदोको कारण अबरुद्ध हुन पुगेको विपी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। हिजो परेको अविरल वर्षासँगै महाभारत क्षेत्र अन्तर्गत नार्के, मंगलटारलगायतको क्षेत्रबाट बगेर आएको ढुङ्गासहितको लेदो गेगरको कारण करिव ४ घण्टा बाटो अवरुद्ध भएको थियो।

अत्यधिक रुपमा थुप्रिएको लेदो गेगराले गर्दा हिजो दिउसो २ बजेदेखि साँझ ६ बजेसम्म अवरुद्ध भएको बाटो निरन्तरको प्रयासपछी एकतर्फीरुपमा संचालन गर्न सफल भएको इलाका प्रहरी कार्यालय मंगलटारले बताएको छ।

लेदोमा केहि गाडीहरु फसेको भएता पानी कुनै मानविय क्षति भने नभएको पनि इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्