८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध राख्ने महिला



४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी बेलायती महिलाले आफ्नो पतिको मृत्युपछि ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छिन् ।

भेल्डे आफूलाई सेक्स एण्ड रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भएको दाबी गर्छिन । आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको समेत उनले बताइन । यसै कारणले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उनको भनाई रहेको छ ।

भेल्डेका अनुसार जुन मानिस प्रेमी या प्रेमिकाको खोजिमा हुन्छन र उनीहरु भ्यालेन्टाईन डे भन्दा केही साता अघिदेखि व्यस्त रहन्छन् । त्यही दिनदेखि उनीहरुले थाहा पाउँछन् कि उनीहरु एउटा निरश र पट्यार लाग्दो सम्बन्धमा थिए ।

दुईवटा बच्चाकी आमा समेत रहेकी वेल्डेका अनुसार, ‘मेरा प्रेमीकी धेरै पत्नीहरुलाई थाहा छ कि उनीहरुका लाग्नेले धोका दिइरहेका छन् । तर उनीहरुले लोग्नेको यस्तो व्यवहारलाई वेवास्ता गरिदिन्छन् । यस्तो किन हुन्छ भने महिलाहरुलाई थाहा छ कि उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनन् ।

भेल्डेले अगाडि भनिन्, ‘पारम्परिक वा मागी विवाहको वकालत आमरुपमा असफल सावित भइसकेको छ । यो १५० वर्ष पुरानो मोडलमा आधारित छ । र अहिलेसम्म कुनै परिवर्तन भएको छैन । यसले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकदैन । जीवनदेखि लिएर मृत्युसम्म यही चलिरहन्छ ।’

उनले समाजमा चलिरहेको विद्यमान सबै कुरालाई चुनौति दिदै भनिन, ‘यो मानवीय प्रकृतिको छैन र हुँदैन । प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् । त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउछु । र मानिसहरुलाई यसबारेमा जानकारी पनि दिन्छु कि प्रेमको भविष्य मेरो काम हो ।’ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्