बीएमडब्ल्यू कारभित्र बुवाको शव राखी अन्तिम संस्कार



१२ साउन २०७५, एजेन्सी

नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई ९० हजार डलर ९९७ लाख रुपैयाँ पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गरेका छन् ।

अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए ।

त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।

कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् । उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्