
१२ साउन २०७५, एजेन्सी
बलिउड नायिका प्रियंका चोपडाले आफ्ना २५ वर्षीय प्रेमी अमेरिकी पप गायक निक जोनाससँग इन्गेजमेन्ट गरेकी छिन् ।
३६ वर्षीया प्रियंकाले उमेर नमिले पनि मन मिलेको तर्क दिदै निकसँग इन्गेजमेन्ट गरेका हुन् । प्रियंकाले हलिउड प्रवेश गरेपछि आफूभन्दा ११ वर्ष कान्छा निकसँग प्रेम सम्बन्ध बढाएकी थिईन् । प्रियंकासँगको प्रेममा सिरियस देखिएका निक त्यसपश्चात जहाँपनि सँगै देखिने गरेका छन् । केही समयअघि प्रियंका अमेरिकाबाट भारत आउँदा निक पनि सँगै आएका थिए ।
भारतीय अनलाइन मिडियाले उल्लेख गरेअनुसार प्रियंका र निकले लन्डनमा इन्गेजमेन्ट गरेका हुन् ।





