
११ साउन २०७५, काठमाडौं
नेकपाका सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले डा. गोविन्द केसीको समर्थनमा डाक्टरहरुले गरेको आन्दोलनका कारण केही समयअघि एक बच्चाले उपचार नपाई ज्यान गुमाउनु परेको बताएकी छिन् । उनले त्यसको जिम्मा डा. कसीले लिनुपर्ने समेत बताएकी छिन् ।
सरकारी कर्मचारी भएर सरकारकै विरुद्धमा सरकारी हस्पिटलमा अनशन बसेर आम सर्वसाधारणलाई स्वास्थ्य उपचारबाट बन्चित गराउने केसीलाई आतंककारी घोषणा गरी देश निकाला गर्नुपर्ने सांसद लामाको अभिव्यक्ति रहेको छ ।





