सामाजिक अभियन्ता धुर्मुस सुन्तलीले अव चलचित्र बनाउने



११ साउन २०७५, काठमाडौँ

हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माण गर्ने भएका छन् । केहि दिन अगाडी मात्र चलचित्र विकास बोर्डमा फिल्म दर्ता गराइएको छ । फिल्मको स्क्रिप्ट तयारीका लागि धुर्मुस सुन्तली सहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायत छन् । फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भईरहेको छ ।

चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गरिएको छ । यद्यपि, यो नाम परिवर्तन हुन सक्ने धुर्मुसको भनाई रहेको छ । साथै कलाकारहरु तय हुन बाकीँ रहेको कुरा समेत उनले बताए । कथावस्तु तयार भइसकेपछि त्यसको डिमान्ड अनुसार कलाकार छनोट गर्छौं, उनले भने ।

धुर्मुसले फिल्म र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउने मनस्थिति बनाएका छन् । उनी यतिबेला देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्