गृहमन्त्री थापासँगको भेटमा दुबईका राजदुत नाक्बिले गरे सुन तथा मानव तस्करी रोक्ने प्रतिबद्धता



११ साउन २०७५, काठमाडौं

सयुक्त राज्य ईमिरेट्स (युएई) का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले नेपालमा हुने सुन तस्करी तथा मानव तस्करी रोेक्न चाहे आफुहरु तयार रहेको  बताएका छन् ।

नेपाल र युएई बिच हुने कुनै पनि तस्करी रोक्ने बारे कुनै नीति नियम नहुँदा समस्या देखिएको नाक्बिको भनाई रहेको छ ।

नाक्बिले बिहिबार गृहमन्त्री राम बहादुर थापा बादलसँग गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा यस्तो बताएका हुन् ।

नेपालमा सुन तस्करीको गहिरो अनुसन्धानको क्रममा नेपालकै आग्रह अनुरुप युएई मा एक नेपालीलाई पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया भईरहेको पनि नाक्बिले जानकारी गराए ।

युएईमा ३३ किलो सुन प्रकरणका प्रतिवादी रमेश उप्रतीलाई त्यहाँ पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्