नेपाली सेनाद्वारा पहिरो पीडितको उद्धार कार्य 



१० साउन २०७५, रसुवा

अविरल वर्षाका कारण रसुवा जिल्लामा गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्यको लागि नेपाली सेनाको कालीजंग गणको टिमुरे सुरक्षा बेशबाट फौज परिचालन गरिएको छ ।

गेष्टहाउस १, प्रहरी चेकपोष्ट १ र अस्थायी टहरामा सञ्चालित २ वटा होटल पुरिएकोले पहिरोमा परी हराईरहेका व्यक्तिहरुको खोजी तथा उद्धारको क्रममा सेनाको उद्धार टोलीले १२ जनाको शकुसल उद्धार गर्नुको साथै ८ जनाको शव फेला पारेको छ ।

उद्धार टोलीले हाल २ वटा स्काभेटरको सहयोगमा पहिरो हटाई बेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धारको कार्य गरी रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्