
१० साउन २०७५, काठमाडौं
प्रधानन्यायधिसका लागि सिफारिस भएका कायम मुकायम प्रधानन्यायधिस दीपकराज जोशीको आज ससंदीय सुनुवाई हुँदैछ ।
सुनुवाई समितिका निमित्त सभापति लक्ष्मणलाल कर्णका अनुसार दिउँसो १ बजेको लागि समय तय गरिएको र जोशी बिरुद्ध ५ वटा उजुरी दर्ता भएका छन ।
जिल्ला, उच्च र सर्वोच्च सम्मको कार्यसम्पादनको क्रममा कार्यदक्षता नभएको भन्दै उनीमाथि ५ वटा उजुरीहरु दर्ता भएका हुन् । तर सबै उजुरीहरु ससंदीय सुनुवाई समितिले गोप्य राख्दै आएको छ ।
प्रधानन्यायधिस पदका लागि चैत्र १३ गते न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशम्सेर जबराको नाम संबैधानिक परिषद्मा पठाएको थियो । साथै परिषद्ले कायम मुकायम प्रधानन्यायधिसका लागि दीपकराज जोशीको नाम मात्र ससंदीय सुनुवाई समितिलाई पठाएको थियो ।
असार २५ गते सुनुवाई समितिका सदस्यले पूर्णता पाएसँगै जोशीका नाममा सुनुवाई प्रक्रिया सुरु भएको थियो । समितिले जोशीका नाममा सार्वजनिक सुचना जारी गर्दै उजुरीको माग गरेको थियो । सोहि अनुसार उनी माथि ५ वटा उजुरी परेको हो । उजुरी माथि आज सुनुवाई समितिमा जोशीसँग जवाफ लिईनेछ ।
जोशीका जवाफका आधारमा जोशिलाई अनुमोदन गर्ने कि अस्विकार गर्ने भन्ने निर्णय समितिले गर्नेछ । सुनुवाई समितिका कार्यबिधिका आधारमा उनी बिरुद्ध २ तिहाई मत परे मात्र उनको सिफारीस बदर हनेछ ।
परिषद्को सिफारीसमा ससंदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुने प्राबधान रहेको छ । चैत्र १ गते तत्कालिन प्रधानन्यायधिस गोपालमान पराजुलीको राजीनामा पछि कायममुकाय का रुपमा दिपकराज जोशी कार्यरत छन् ।





