‘इन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले…’ बोलको गीत सार्वजनिक



१० साउन २०७५, काठमाडौँ

‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘उडायो हावाले…’ बोलको रोमान्टिक गीतमा हर्कुलस र निकिता थापाको स्वर छ भने गीतलाई चर्चित कोरियोग्राफर रेनशा राईले कोरियोग्राफि गरेकी हुन् ।

उक्त गीतमा चलचित्रका मुख्य कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङमा देख्न सकिन्छ ।

केहि हप्ता अगाडि सार्वजनिक टिजरले सकारात्मक प्रतिक्रिया बटुलिरहँदा निर्माण टिमले बुधबार यो गीत इन्टरनेटमा रिलिज गरेको हो । यस फिल्मको अधिकांश छायाँकन यूकेमा भएको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्जवल शमशेर जबरा र प्रभु शमशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।

शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्