
साउन २०७५, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा अहिलेका चल्तीका नायक प्रदिप खड्का निकै चर्चित र डिमाण्डेड अभिनेता हुन् । ’प्रेमगीत’ बाट सबैको मनमा बस्न सफल उनी पछिल्लो रिलिज फिल्म ‘लिलिबिली’ सम्म आइपुग्दा ‘स्टार’ बनिसकेका छन् ।
निकै व्यस्त नायक प्रदिप यतिबेला अष्ट्रेलियामा छन् । त्यसैगरी उनीसँग दुई बिग ब्यानरका फिल्म हातमा आइपुगेका छन् ।
‘धुर्मुस सुन्तली’ (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ र ‘शत्रु गते’ टीम अर्थात् किरण केसी र ‘महजोडी’ ले निर्माण गर्न लागेको फिल्म ‘दाल भात तरकारी’ बाट उनलाई अफर आएको छ ।
उनी दुई फिल्ममध्ये कुन गर्ने दोधारमा छन् । दुवै फिल्मको कन्सेप्ट अभिनेता खड्काले सुनिसकेका छन् । दुवै फिल्मको थिम उनलाई असाध्यै राम्रो लागेको छ तर, कुन साइन गर्ने उनी अझै पनि अन्योलमा छन् ।
नायक खड्का भन्छन्, ‘कुन गर्ने अहिले नै तय भईसकेको छैन । दुईटामा एउटा गर्ने प्लान छ । अब नेपाल आएपछि निर्णय लिनेछु ।’
यी दुई फिल्ममध्ये प्रदीपले कुन फिल्म रोज्लान् ? सबैको लागि चासोको विषय बनेको छ ।





