
१० साउन, २०७५ काठमाडौं
बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाई बिरुद्ध उजुरी परेको छ ।
पत्रकार सम्मेलनमा नै बङगलादेशमा एमबिबिएस अध्ययन गर्ने महिलाहरु माथि त्यहाँका प्रोफेसरहरुले नै करणी गरि राख्ने बिचार राखेपछि प्रसाई बिरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थीले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गरेका छन् ।
प्रसाईलाई कारबाही नगरी छोड्दा उनको उश्रृङखल् ब्याबहारलाई थप प्रोत्साहन हुने ठहराउँदै नेबिसंघ ले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गरेको हुन् ।
महिलाको चरित्र हत्या गर्ने छुट कसैले नदिएको भन्दै नेबिसंघ केन्द्रिय सदस्यहरु जानुका पन्त, नमराज त्रिपाठी, बिद्यार्थी नेताहरु तुलसा पन्त, सुमधुर बराल, फोईस अध्यक्ष सुबास घिमिरे लगाएतका कार्यकर्ताहरुले महिला आयोगमा पुगि उजुरी दिएका थिए ।





