
१० साउन २०७५, काठमाडौं
पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बनेको वेब सिरिज ” करानजित कुर- द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी” को प्रोमो सार्वजानिक भएको छ।

पुर्व पोर्नस्टार सन्नी लियोनीले बायोपिकमा आफ्नो भूमिका आफैले निभाएकी छिन्। बायोपिकमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारताका दृश्यहरुलाई बढी हाइलाइट गरिएको छ। बायोपिकमा संनिको बाल्यकालको भूमिका भने रसा सौजनिले गरेकी छिन्।
आगामी १६ जुलाईबाट “जी फाइभ” को एपबात रिलिज हुने उक्त वेबमा सन्नी कामुक अवतारमा प्रस्तुत भएकी छिन्। आदित्य दत्तको निर्देशन बनेको उक्त चलचित्र प्रदर्शनरत “सन्जु” पछिको दोस्रो बलिउडकर्मिको जीवनीमा बनेको चलचित्र हो।

चर्चित व्यक्तिहरुको बारेमा मात्र चलचित्र बन्ने बलिउडमा यतिबेला बायोपिकको लहर चलेको पाहिन्छ।





