
१० साउन २०७५, काठमाडौं
प्रधानन्यायधिसका लागि सिफारिस भएका कायममुकायम प्रधानन्यायधिस दिपकराज जोशीको बारेमा आज ससंदीय सुनुवाई हुँदैछ ।
सुनुवाई समितिका निमित्त सभापति लक्ष्मणलाल कर्णका अनुसार दिउसो १ बजेको लागि समय तय गरिएको र जोशी बिरुद्ध ५ वटा उजुरि दर्ता भएका छन् ।
जिल्ला, उच्च र सर्वोच्चसम्मको कार्यसम्पादनको क्रममा जोशीमा सोहि अनुसारको कार्यदक्षता नभएको भन्दै उनी माथि ५ वटा उजुरिहरु दर्ता भएका हुन् । तर सबै उजुरिहरु ससंदिय सुनुवाई समितिले गोप्य राख्दै आएको छ ।
प्रधानन्यायधिस पदका लागि चैत्र १३ गते न्यायपरिषद्ले दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशम्सेर जबराको नाम संबैधानिका परिषद्मा पठाएको थिथो ।
साथै परिषद्ले कायममुकायम प्रधानन्यायधिसका लागि दिपकराज जोशिको नाम मात्र ससंदीय सुनुवाई समितिलाई पठाएको थियो ।
त्यसपछि असार २५ गते सुनुवाई समितिका सदस्यले पुर्णता पाएसँगै जोशीको नाममा सुनुवाई प्रक्रिया शुरु भएको हो।
समितिले उनको नाममा सार्वजनिक सूचना जारि गर्दै उजुरीको माग पनि गरेको थियो ।
सोहि अनुसार उनी माथि ५ वटा उजुरी परेको हो । ति उजुरी माथि आज सुनुवाई समितिमा जोशीसँग जवाफ लिईने छ ।
प्रधानन्यायधिसका लागि आज जोशी विरुद्ध ससंदीय सुनुवाई हुँदै छ
जोशीका जवाफका आधारमा जोशीलाई अनुमोदन गर्ने कि अस्विकार गर्ने भन्ने निर्णय समितिले लिनेछ ।
सुनुवाई समितिका कार्यविधिका आधारमा उनी बिरुद्ध २ तिहाई मत परे मात्र उनको सिफारिस बदर हुनेछ ।
परिषद्को सिफारिमा ससंदीय सुनुवाईपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान रहेको छ ।
चैत्र १ गते तत्कालिन प्रधानन्यायधिस गोपालप्रसाद पराजुलीको राजिनामा पछि कायममुकायमका रुपमा दिपकराज जोशी कार्यरत छन् ।





