कानुनमन्त्रीको राजीनामा तामाङ समुदायको लागि दुर्भाग्यपूर्ण : सांसद नविना लामा



०९ साउन २०७५, काठमाडौं

अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई पदबाट राजीनामा दिन बाध्य पारिएको दावी गरिन् ।

केही समयअघि एक स्कूलको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा आएपछि उनले राजीनामा दिएाका थिए । मन्त्री तामाङको अभिव्यत्ति गलत नभएको र मेडिकल क्षेत्रको वेथितिबारे बोल्दा गलत व्याख्या गरिएको भनी सांसद लामाले उनको बचाउ गरेकी छिन् ।

मन्त्री तामाङलाई आफूले नजिकबाट चिनेको र वर्गीय आन्दोलन र पार्टीमा दुःख, कष्ट गरेर मन्त्री बनेका शेरबहादुरले पद छाडेपछि अब तामाङ समुदायबाट त्यो स्थानमा पुग्न निकै समय कुर्नुपर्ने भन्दै नवीनाले उक्त घटना आफूहरुका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेकी छिन् । मन्त्री तामाङ शालिन व्यक्तित्व भएका मानिस रहेको समेत बताईन् ।

सांसद लामाको फेसबुक स्टाटस् :

यो पनि पढ्नुहोस् : 

कानून मन्त्रीको राजीनामापछि सरकार विरुद्ध खनिए बौद्धिक जगत

रुदै राजीनामा दिएका कानून मन्त्रीको आँशुले कम्युनिष्ट सरकार नबगोस्

डा. गोविन्द केसीप्रति खनिए कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित)

आशय गलत नभएको भन्दै माफी मागे कानूनमन्त्री शेरबहादुरले

 

प्रतिक्रिया दिनुहोस्