मिस सुनारको उपाधि दीपिकालाई



०९ साउन २०७५, काठमाडौं

मिस सुनार (विश्वकर्मा) नेपालको दोस्रो चरणको उपाधि पोखराकी दीपिका सुनारले जितेकी छिन्। शनिवार पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालेमा आफ्ना १० जना प्रतिस्पर्धीलाई पछि पार्दै दीपिकाले उक्त उपाधि हात पारेकी हुन्।

११ जना प्रतिस्पर्धी रहेको फिनालेमा पर्वत कुश्माकी आहना सुनार फस्ट रनरअप र तनहुँकी उर्मिला सुनार सेकेन्ड रनरअप भईन्।  पोखराकै अस्मिता सुनार मस्ट ट्यालेन्ट, आहना सुनार मस्ट कन्फिडेन्ट, साधाना सुनार बेस्ट फिगर तथा स्किन को उपाधि हात पारिन् ।

त्यसैगरी अस्मिता सुनार मस्ट डिसीपिलन तथा मस्ट स्टाइलिस, दीपिका सुनार मस्ट पपुलर तथा पंच्युल, पार्वती सुनार वेष्ट हेयर, प्रियंका सुनार मस्ट व्युटिफुल तथा मस्ट फ्रेण्डली, सविना सुनार वेष्ट वाल्क, अनिता सुनार वेष्ट स्माइल, भूमिका सुनार मस्ट चार्मिङ र उर्मिला सुनार भिवर च्वाइसको पुरस्कार हात परिन्।

१६ वर्षदेखि ३० वर्ष भित्रका अविवाहित युवतीहरुले मात्र सहभागिता जनाउने उक्त प्रतियोगितामा मुख्य निर्णायक गायक तथा संगीतकार काली प्रसाद बाँस्कोटा रहेका थिए। जिल्ला प्रहरी कार्यालयमा भएको सो कार्यक्रममा पोखराका एसपी ओम बहादुर राना प्रमुख अथितिको रुपमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्