
साउन २०७५, काठमाडौं
महिलाकै नेतृत्वमा महिला तथा वालिका अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील संस्था सोरोप्टीमिष्ट काठमाडौं नेपालले आर्थिक अवस्था कमजोर भएका किशोरी तथा महिलाहरुको लागि निःशुल्क अंग्रेजी भाषा कक्षा संचालन गर्न लागेको छ ।

संस्थाकी कार्यक्रम निर्देशक कविता थपलियाका अनुसार संस्थाको कार्यालय चावहिल सरस्वतीनगरमा दिउँसो ११ः०० बजेदेखि ४ः०० बजेसम्म निःशुल्क कक्षा संचालन गरिनेछ । अंग्रेजी सिक्न चाहने आर्थिक अवस्था कमजोर भएका महिला तथा क्याम्पसमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी भाषा कक्षा संचालन गरिने थपलियाले बताईन् ।

पढ्न चाहने विद्यार्थीहरुले संस्थाको कार्यालयमा सम्पर्क राखी फाराम भर्नुपर्नेछ । जसको लागि माथि सम्पर्क विवरण दिईएको छ ।





